समाचार

रास्वपाको केन्द्रीय समितिमा सभापति लामिछानेको मुद्दामाथि छलफल नै भएन

Banner

काठमाडौँ, पुस २१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक पार्टी सभापति रवि लामिछानेको मुद्दाबारे छलफल नै नगरी सकिएको छ। शनिबार सुरु भएर आइतबार सकिएको बैठकमा सभापति लामिछानेको मुद्दामा छलफल नै नभएको एक केन्द्रीय सदस्यले जानकारी दिए।

सभापति लामिछानेविरुद्ध अहिले तीनवटा मुद्दा छन्। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा उनीविरुद्ध जिल्ला अदालत, कास्कीमा मुद्दा छन्। सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने अहिले पनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>