अपराध

सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु

Banner

काठमाडौं, पुस २१-

सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु भएको छ । हरिहरपुरगढी गाउँपालिका–३, चपराडाँडाका ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार (हिजो) बेलुका करिब साढे ८ बजे लीलाबहादुरका बुवा ७६ वर्षीय डोमानसिंह कार्कीले उनीमाथि फलामको गलले प्रहार गरेका थिए । घरायसी विवादका क्रममा डोमानसिंहले गलले टाउको र ढाडमा प्रहार गर्दा लीलाबहादुर गम्भीर घाइते भएका थिए ।

घाइते लीलाबहादुरलाई उपचारका निम्ति मकवानपुरको हेटौँडा अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा शनिबारै राति साढे १० बजे उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

कुटपिट गर्ने डोमानसिंहलाई गल र कोदालोसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>