क्रिकेट

क्रिकेटर आरिफ र आशिफ विवाह बन्धनमा

Banner

काठमाडौँ, पुस २०-

नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाधिनु भएको छ । वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रबार विवाह गर्नुभएको हो । २७ वर्षीय आरिफले बिहीबार स्थानीय सवाना खातुनसँग र २३ वर्षीय आसिफले शुक्रबार वीरगन्जकी आरजु अन्सारीसँग लगनगाँठो कस्नुभएको हो ।

आरिफ र आसिफ दुवैले मागी विवाह गर्नुभएको हो । आरिफ राष्ट्रिय टोलीका अलराउन्डर हुनुहुन्छ भने आशिफ विकेट किपर तथा ओपनर ब्याट्सम्यान हुनुहुन्छ । आशिफ हालै काठमाडौँमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) विजेता जनकपुर बोल्ट्सका मार्की खेलाडी समेत हुनुहुन्थ्यो । यस्तै दाजु आरिफ एनपिएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका महत्त्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>