अन्तर्राष्ट्रिय

शपथ खानुअघि ट्रम्पविरुद्ध जेल सजाय सुनाइँदै

Banner

अमेरिका, पुस २०-

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ। न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउनेछन् भनी बीबीसीले लेखेको छ।

तर न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेसन, जरिवाना वा ससर्त रिहाइ दिने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प सजाय सुनाउने बेला सशरीर वा भिडिओ कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।

उनको टिमले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र यो ‘अराजक’ मुद्दा तुरुन्त खारेज गरिनुपर्ने भनेको छ। गत वर्ष मेमा ट्रम्पलाई पोर्नस्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर दिएको प्रकरणमा दोषी ठहर गरिएको थियो। यो रकम ट्रम्पका पूर्ववकिल माइकल कोहेनमार्फत सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्न पोर्नस्टारलाई दिइएको थियो।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यही जनवरी २० का दिन शपथ खाँदै छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>