अन्तर्राष्ट्रिय
अमेरिकाको क्यालिफोर्नियामा विमान दुर्घटना स् दुईजनाको मृत्यु, १८ घाइते
०

काठमाडौं, पुस १९-
दक्षिणी क्यालिफोर्नियामा कम्तीमा दुई सयजना काम गरिरहेको फर्निचर निर्माण भवनको छतमाथि बिहीबार एउटा सानो विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएको एपीले जनाएको छ ।
मृत्यु भएका व्यक्तिहरूको पहिचान, र तिनीहरू विमानमा थिए वा जमिनमा, अहिलेसम्म थाहा छैन, फुलर्टन प्रहरी प्रवक्ता क्रिस्टी वेल्सलाई उद्धृत गर्दै एपीले जनाएको हो ।
फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरका अनुसार डिज्निल्यान्डबाट ६ माइल (१० किलोमिटर) टाढा रहेको ओरेन्ज काउन्टीको फुलरटन म्युनिसिपल एयरपोर्टबाट उडान भरेको दुई मिनेटभन्दा कम समयमै विमान दुर्घटना भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























