क्रिकेट

दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट भोलिदेखि

Banner

चितवन, पुस १८–

दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता भोलि (शुक्रबार)देखि सुरु हुँदैछ ।

भरतपुर महानगरपालिकाको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा विहान ९ः३० बजेदेखी प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खडकाले संयुक्त रुपमा गर्ने कार्यक्रम छ ।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबीच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ ।

उद्घाटन खेलमा भरतपुर माध्यमिक विद्यालय र चितवन माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच छुट्टाछुट्टै छनोट खेल हुनेछ । त्यसबाट छनोट भएका टिमहरुबीच रातो बल अर्थात् दुई दिवसीय प्रतियोगिता हुनेछ ।

पहिलो चरणको लागि गरिएको ड्र बाट लिटिल फ्लवार स्कुल सिधै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तै पहिलो संस्करणको सेमीफाइनलमा पुगेका चार टिम पनि सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको सह–आयोजकमा चितवन जिल्ला क्रिकेट संघ, भरतपुर महानगर क्रिकेट संघ, चितवन राइनोज रहेका छन् । प्रतियोगिताको प्रत्यक्ष प्रशारण नारायणी खेल लाइभको युट्युव च्यालनबाट हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>