माैसम
तराईमा अझै केही दिन हुस्सु लाग्ने
०
काठमाडौं, पुस १८-
तराईमा अझै केही दिन हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् । भोलि र पर्सि केही कम भए पनि आइतवारदेखि फेरि बढ्ने मौसमविद्को अनुमान छ ।
तराईका विभिन्न ठाउँमा गएको सोमवारदेखि हुस्सु र स्याँठसँगै चिसो बढेको छ । बाक्लो हुस्सु र स्याँठका कारण अत्यावश्यक काम परेर घरबाहिर निस्कनुपर्नेलाई सास्ती भएको छ ।
केही दिनदेखि बिहानपख तराईका धेरैजसो ठाउँमा हुस्सु र उपत्यका तथा बेँसी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ ।
आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी अरु भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























