समाचार
सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष स्थापना
०
म्याग्दी (बेनी), पुस १८-
रघुगङ्गा गाउँपालिका-२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको छ । गत असोजमा आयोजित महायज्ञबाट सङ्कलन भएको उक्त रकमबाट अक्षयकोष स्थापना भएको हो ।
महायज्ञबाट सङ्कलन भएको रु एक करोड १० लाखमध्ये रु १८ लाख ५० हजार खर्च भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । मन्दिरमा पुजारीका साथै नियमित पूजाको प्रबन्ध गरिएको छ ।
म्याग्दीको यो प्रसिद्ध शक्तिपीठको पुरातत्व विभागले तीन वर्षअघि रु ६२ लाखको लागतमा पुनर्निर्माण गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>