अन्तर्राष्ट्रिय

एलन मस्कले एक्समा परिवर्तन गरे नाम, के हो नयाँ नाम ‘केकियस म्याक्सिमस’?

Banner

एजेन्सी,पुस १६-

विश्वका नम्बर वान धनाड्य तथा एक्सका मालिक एलन मस्कले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा आफ्नो नाम परिवर्तन गरी ‘केकियस म्याक्सिमस’ राखेका छन्। उनले आफ्नो प्रोफाइल पिक्चरमा समेत ‘पेपे द फ्रग’ मिमको राखेका छन्।

‘केकियस म्याक्सिमस’ (केकियस) हालै क्रिप्टोकरेन्सी क्षेत्रमा देखापरेको एक नयाँ मिमको रुपमा उदाएको छ। एलन मस्कले आफ्नो प्रोफाइल नाम र फोटो आइकन परिवर्तन गरेपछि केकियस ट्रेडिङमा आएको छ। जसले गर्दा क्रिप्टोकरेन्सीमा उछाल आएको छ। पछिल्लो केही घण्टामै यो कोइनको मूल्य ५०० प्रतिशतभन्दा माथि पुगेको जनाइएको छ।

‘केकियस म्याक्सिमस’को चरित्र लोकप्रिय ‘पेपे द फ्रग’ चरित्र र ‘ग्ल्याडिएटर’ चलचित्रको चरित्र ‘म्याक्सिमस’लाई मिलाएर बनाइएको मिममा आधारित रहेको जनाइएको छ।  क्रिप्टोकरेन्सी बजारमा केकियस म्याक्सिमसले धेरैको ध्यान तानेको छ। कोइनगेक डेटा अनुसार, ‘केकियस म्याक्सिमस’ (केकियस) मिमकोइन केही घण्टामा नै उछाल आएको हो। केही अन्य केकियस–थिमका मिमकोइनहरूले पनि तीव्र गतिमा विस्तार पाएका छन्।

एलन मस्कले किन आफ्नो नाम मिमकोइन शिर्षकमा परिवर्तन गरे भनेर कुनै जानकारी दिएका छैनन्। तर, उनले नयाँ अवतारको बारेमा कुरा गर्दै एक्समा धेरै पोस्टहरू शेयर गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>