माैसम

यस्तो छ आज र भोलिको मौसम पूर्वानुमान

Banner

काठमाडौं, पुस ११-

पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ। गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानमा कुहिरोको सम्भावना छ।

शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुने महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताइन्। ‘शुक्रवारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिवार वर्षा हुने देखिन्छ’, उनले भनिन्, ‘देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>