खेलकुद
दीपेन्द्रले पाएको कारको कर शारडा ग्रुपले तिर्दिने
काठमाडौँ, पुस १०-
एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ तथा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीलाई ओमोडा इफाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ।
ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक हो।
एनपीएलभरी दिपेन्द्र सिंह ऐरीले समग्र रूपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली कप्तानको भूमिका खेले। प्रतियोगिताभरी ९ खेलहरूमा जम्मा २२७ रन बनाउँदै, ९ विकेट लिँदै, र ७ रनआउट गराउँदै, आफ्नो टोलीको फाइनल खेलसम्म सफलताको यात्रामा महत्वपूर्ण योगदान पुर्याए। कुशल क्याच तथा शानदार रनआउट निकाल्दै फिल्डिङमा अब्बल पकड राख्ने दिपेन्द्र पारस खड्का पछिका पुस्ताबाट उदाउँदा खेलाडीमध्ये एक हुन्। ओमोडा एन्ड जेइकोले नेपाली खेलजगतमा उत्कृष्ट प्रतिभाको पहिचान गर्दै ती प्रतिभालाई बढावा दिनुपर्नेमा जोड दिएको छ।
लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा–ईफाइभ प्रदान गरिएको थियो। पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्नेछ।