अन्तर्राष्ट्रिय
अजरबैजान एयरलाइन्स दुर्घटनाः २५ जनाको उद्धार
०
काठमाडौं, पुस १०-
कजकिस्तानमा ६२ यात्रु र पाँच चालक दलका सदस्यहरू सवार जहाज दुर्घटनामा परेको छ।
अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २-८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बिबिसीले जनाएको छ। दुर्घटनामा परेका २५ जनाको उद्धार भएको छ। २२ जनालाई अस्पताल लगिसकेको कजकिस्तानको आपकालीन मन्त्रालयले जनाएको छ।
जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउमा आपतकालीन अवतरण गर्नु परेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन्।
विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको भिडिओमा विमान अवतरण गर्न लाग्दा आगो लागेको र धुवाँको मुस्लो उडेको देखिन्छ।
रूसी समाचार संस्थाहरूका अनुसार रूसतर्फ उडेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>