अन्तर्राष्ट्रिय

अजरबैजान एयरलाइन्सको ६७ यात्रु बोकेको जहाज काजकस्तानमा दुर्घटना

Banner

काठमाडौँ, पुस १०-

काजकस्तानमा यात्रु बोकेको अजरबैजान एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएको छ। स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार जहाजमा सुरुमा आगो देखिएको र त्यसपछि अकताउ सहरनजिकै खसेको हो।

प्रारम्भिक रिपोर्टहरुका अनुसार केही यात्रुहरुको जीवितै उद्धार गरिएको काजकस्तानले जनाएको छ।

के कारणले दुर्घटना भयो भन्ने खुल्न सकेको छैन। सीएनएनका अनुसार जहाजमा ६२ यात्रु र ५ जना चालकदलका सदस्य थिए।

अजरबैजान एयरलाइन्सले उडान नम्बर जे २-८२४३ को इम्ब्रायर १९० एयरक्राफ्ट अजरबैजानको राजधानी बाकुबाट रुसी चेचेन्या क्षेत्र ग्रजनीका लागि उडेको जनाएको छ।जहाजले अकताउबाट ३ किमि टाढा आकस्मिक अवतरण गरेको सीएनएनले जनाएको छ।

यसबारे थप विवरण आउन बाँकी रहेको एजेन्सीहरुले जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>