विज्ञान/प्रविधि
हाम्रो सिस्टम ह्याक भएको छैन, भ्रमको पछि नलाग्नुहोस्ः ईसेवा
०

काठमाडौं, पुस १०-
डिजिटल वालेट सेवा प्रदायक ईसेवाले ईसेवाबाट रकम चोरी भएको तथा रकम असुरक्षित रहेको जस्ता समाचारहरूको खण्डन गरेको छ । भ्रामक र आधारहीन समाचारहरू आएको भन्दै ईसेवाले त्यसमा सत्यता नभएको जनाएको छ ।
केही अनलाइन समाचार पोर्टलमा ईसेवाको सिस्टम ह्याक भएर रकम चोरी भएको दाबीसहित प्रकाशित समाचाहरूले प्रयोगकर्ताहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा ईसेवाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ईसेवाको १६ वर्षको इतिहासमा ईसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको कम्पनीको भनाइ छ । ईसेवालगायत नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरूको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको ईसेवाले स्पष्ट पारेको छ ।