समाज

एनपीएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई खुवाइयो खाना

Banner

जनकपुर, पुस ७-

जनकपुर बोल्ट्सले पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई निस्शुल्क खाना खुवाएका छन् ।

शनिवार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो ।

जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधि जितेको खुशीमा साधुसन्तहरुलाई खाना खुवाएको महावीर युवा कमिटी, जनकपुरधामका उपाध्यक्ष सरोजकुमार चौधरीले बताए । उनले शनिवार फाइनलअघि जनकपुरको जितको लागि पूजा आराधना गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>