Breaking News
४ हजार ८ सयले घटेर आज सुन प्रतितोला ३ लाख १ हजारमा कारोबार हुँदै
०

काठमाडौं, भदौ २६-
नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको हो ।
योसँगै आज सुन ३ लाख १ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै हिजो (बिहीबार) प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि २५५ रुपैयाँले घटेर प्रतितोला ४६०० रुपैयाँमा कारोबार भएको छ । महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५८ हजार ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३९४४ रुपैयाँ कायम भएको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























