अन्तर्राष्ट्रिय

भारतको राजस्थानमा ग्यास ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गयो

Banner

भारत, पुस ६-

भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी र त्यसपछि विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्यास ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा विस्फोट भएको थियो ।

आगलागीबाट ट्रक र निजी कारसहित झन्डै ४० वटा गाडी जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको खबरमा उल्लेख छ । ग्यास ट्याङ्करमा लागेको आगो निकै टाढासम्म फैलिएको थियो ।

यसैबीच भारत पेट्रोलियमले घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई जनही ६ लाख र घाइतेलाई २/२ लाख भारु दिने घोषणा गरेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>