खेलकुद

पर्साको पोखरिया अस्पताल ५० श्ययाको प्रादेशिकमा स्तरोन्नति हुँदै

Banner

वीरगञ्ज (पर्सा), पुस ६-

सङ्घीय मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पर्साको पोखरिया अस्पताललाई ५० मा स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सङ्घीय मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १५ श्ययाको सो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले १५ श्ययाको पोखरिया जिल्ला अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिनुभएको छ ।

“पर्साको पोखरीयावासी नागरिकको चाहना सम्बोधन गर्दै पोखरिया अस्पताललाई ५० श्ययामा प्रदेश अस्पतालको रूपमा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ”, मन्त्री पौडेलले भन्नुभएको छ, “पर्सावासीको निरन्तर चासो र मागको रूपमा रहेको यस अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्दै यस कार्यमा सघाउने सबैप्रति आभार प्रकट गर्दछु ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>