Uncategorized

सदनमा सांसदको गुनासो– घण्टीका समर्थकले मलाई ‘बलात्कार गरेर मार्दिन्छु’ भन्दै धम्की दिए

Banner

काठमाडौं, भदौ २६-

नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई घण्टीका समर्थकबाट बलात्कार गरेर मार्दिन्छु भन्ने धम्की आइरहेको बताएकी छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै साइबर बुलिङ गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरिन्।

उनले भनिन्, ‘साइबर बुलिङ किन यस्तो समयमा ? अरूको उदाहरण छैन, मलाई नै बलात्कार गरेर मार्दिन्छु भन्ने म्यासेज हजारौँ छन्। बाढी प्रभावितको उद्धार छिटो हुनुपर्छ भन्ने कारणले हामीले साइबर बुलिङ हुनुपर्ने ?’

उनले महिला सांसदहरूमाथि निरन्तर साइबर बुलिङ भइरहेको बताइन्।

उनले थपिन्, ‘हिजो तिमीहरूले नै सिकाएको कुराहरू हो, आज अन्त्य गर्नुपर्छ। ९० प्रतिशत गाली गर्ने, घण्टीका पछाडि चिन्ह राखेर साइबर बुलिङ भइरहेका छन्। यो ध्यानाकर्षण गर्ने कि नगर्ने ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>