कालिका
एमाले कालिका नगरको दोश्रो अधिवेशन पुस ५ र ६ गते हुने, तयारी पूरा
कालिका,पुस ४-
नेकपा एमाले कालिका नगर कमिटीको दोश्रो अधिवेशन पुस ५ र ६ गते हुने भएको छ। कालिका नगरपालिका ६ को कालिका बङ्ग्वेटमा हुने अधिवेशनको सबै तयारी पूरा भएको बिहीबार खोलेसिमलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । अधिवेशनको पार्टीका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले उद्घाटन गर्ने नगर कमिटी अध्यक्ष केशव लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनका लागि नगरभित्रका सबै वडाबाट ३ सय १७ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भइसकेका छन् । अधिवेशनको उद्घाटनसत्रमा २ हजार नगरवासीलाई सहभागी गराउने तयारी गरिएको लामाले बताउनुभयो । उहाँले अधिवेशनको उद्घाटनसत्रमा सबै नगरवासीलाई उपस्थित हुनका लागि आब्हान गर्नुभयो ।
नेकपा (एमाले) लाई बलियो बनाउन कालिका नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको बागमती प्रदेश कमिटी सदस्य खुमनारायण श्रेष्ठ (गोपी) ले बताउनुभयो । उहाँले भन्नुभयो,पार्टीको बिरासत पहिले जहाँ थियो त्यहीँ छ,एमाले कालिका २०७९ मा फर्किसकेको छ । उहाँले अधिवेशनबाट आउने पार्टीको नयाँ नेतृत्वले पार्टीलाई थप चलायमान बनाउने बताउनुभयो । पार्टीबाट नेतृत्व गरेर गएका जनप्रतिनिधिको कामबाट पार्टी सन्तुष्ट रहेको बताउनुभयो ।
कालिका नगरपालिकामा एमालेका १२९० जना संगठित सदस्य छन । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व छनोट हुने अधिवेशन प्रचार विभाग संयोजक हिम्मत पुरीले जानकारी दिनुभयो ।