चितवन विशेष
हात्तीको आक्रम्णबाट माउते घाइते, चितवनमा उपचार हुँदै
०

चितवन, पुस ४-
पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माउते घाइते भएका छन् । निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीको आक्रमणबाट माउते सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी २५ वर्षीय मनिष चौधरी घाइते भएका हुन् ।
मकमवानपुरको मनहरी गाउँपालिका–६ स्थित पोष्टमा पालिएको हात्तीलाई दाना खुवाउने क्रममा बुधबार दिउँसो ४ बजे हात्तीले आक्रमण गर्दा माउते मनिष घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते मनिषलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन ल्याइएको प्रहरीले जनाएको छ।
यस्तै हात्तीलाई दाना–पानी खुवाउने क्रममा चौधरीलाई हात्तीले आक्रमण गरेको हो। अकस्मात हात्तीले सुडले प्रहार गर्दा उनको शरीर र कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। फाइल फोटो