चितवन विशेष

भरतपुर–१० को स्वास्थ्य शिविरमा ३ सय १२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

Banner

चितवन, मंसिर २९-

चितवनको भरतपुर महानगरपालिका–१० कालिका मन्दिरमा आयोजना भएको स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जेष्ठ नागरिक संघ उपशाखाको दोश्रो साधारण सभा एवम् वडा-१० स्तरीय जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य परिक्षण गराएका हुन् ।

शिविरमा आँखा, कान, घाँटी, दात, सुगर, प्रेसर, दम, युरिक एसिडलगायत परिक्षण गरिएको वडा १० का अध्यक्ष परमेश्वर खनाले जानकारी दिनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गदै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अध्यक्ष खनालले बताउनुभयो । विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित जेष्ठ नागरिकलाई विगतका वर्षमा पनि स्वास्थ्य परीक्षणका साथै निःशुल्क रुपमा औषधि प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

साथै कार्यक्रममा २७ वटा टोलका ३ सय जेष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>