चितवन विशेष

अखिल नेपाल किसान महासंघ चितवनको बैठक सम्पन्न

Banner

चितवन, मंसिर २३ –

अखिल नेपाल किसान महासंघ चितवन जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालय चितवनमा आज बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले पालिका अधिवेशनको जिम्मेवारी तोक्ने र लेखा परीक्षण गराउने निर्णय गरेको छ ।

अखिल नेपाल किसान महासंघ चितवन जिल्ला कमिटीका अध्यक्ष सिपि अधिकारीको अध्यक्षतामा भएको बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, महासंघका केन्द्रीय सदस्य दुर्गादत्त पौडेल, महासंघकी बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रतिभा पाण्डे र जिल्ला कमिटीका उपाध्यक्ष बसन्त ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>