समाज

हेटौँडामा लडेर एक युवकको मृत्यु

Banner

काठमाडौं, मंसिर १९-

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ मा लडेर एक युवकको मृत्यु भएको छ।

हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मंगलबार साँझ आफ्नै घरको शौचालयबाट निस्कने क्रममा लडेका थिए। बेहोस भएका उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनको शव हेटौँडा अस्पतालमा रहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>