राजनीति

पुथा उत्तरगंगा कांग्रेस–एमाले मिल्दा पनि खोस्न सकेन, माओवादी उम्मेद्वार विजयी

Banner

काठमाडौं, मंसिर १७-

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी आफ्नो साख कामय गरेको छ । एमाले कांग्रेस मिल्दा समेत गाउँपालिकाको उपाध्यक्षमा माओवादी विजयी भएको छ । त्यहाँ
एमालेकी केशकुमारी तुलाचन कांग्रेसको रुख चुनाव चिह्नबाट उमेदवार बनेकी थिइन् । उनी नेकपा (माओवाद केन्द्र)की नरपुरा बुढासँग एक हजार ४९९ मतान्तरले पराजित भइन् ।

माओवादीकी बुढाले तीन हजार ६२७ मत प्राप्त गरिन् । तुलाचनले दुई हजार १२८ मत ल्याइन् । पुथा उत्तरगंगामा दुई उमेदवार मात्र प्रतिस्पर्धामा थिए ।

नेकपा (एकीकृत समाजवादी)बाट उमेदवारी दिएकी सुनिता बुढामगर र स्वतन्त्र रूपमा उठेका कोपिला पुनबुढा, मोहनभक्त बुढा, भीमकुमारी पुन र श्रीदेवी सुनार (विक)ले उमेदवारी फिर्ता लिएका थिए ।

रुकुम पूर्वलाई माओवादीको पकड क्षेत्र मानिन्छ । माओवादीको ‘किल्ला’ भत्काउन कांग्रेस–एमालेले चुनावी तालमेल गरेका थिए । तर, यो क्षेत्रमा आफ्नो पार्टीको पकड रहेकाले अझै १५ वर्ष कसैले हल्लाउन नसक्ने माओवादीकी जिल्ला संयोजक कुमारी बराल जिकिर गर्छिन् ।

“दुई दल (कांग्रेस–एमाले) हाम्रो विरुद्धमा लागेका थिए । अहिलेसम्म रुकुम पूर्वमा जुन विकास निर्माणको काम भएको छ, त्यो माओवादीको देन हो । त्यो देनलाई जनताले भुल्न सकेका छैनन्,” उनी भन्छिन्, “रुकुम पूर्वमा अझै १०र१५ वर्ष माओवादीलाई कसैले हराउन सक्दैन ।”

च्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>