चितवन विशेष

अन्तर टोल हाजिरीजवाफ प्रतियोगितामा हाम्रो टोल प्रथम

Banner

चितवन, मंसिर १६-

भरतपुर महानगरपालिका १२ मा भएको अन्तर टोल हाजिरीजवाफ प्रतियोगितामा हाम्रो टोल प्रथम भएको छ । नौरङ्गे टोल युवा क्लब र नौरङ्गे बाल क्लले हिजो (शनिबार) आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा हाम्रो टोल प्रथम भएको हो ।

युवा क्लबका सचिव मृनाल घिमिरेका अनुसार हाम्रो टोल प्रथम, गैरी टोल द्वितीय र आन्नद टोल तृतीय भएको छ । वडा र टोलको सहयोगमा आयोजना भएको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५ हजार , ३ हजार र २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस्तै हाजिरीजवाफ प्रतियोगितामा सहभागी २२ टोल मध्य ६ वटा टोल अन्तिम चरणको लागि छनोट भएको घिमिरेले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>