समाचार

दुर्गा प्रसाईंलाई उपचारको प्रवन्ध मिलाउन सवोच्चको निर्देशन

Banner

काठमाडौँ, मंसिर १३-

सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न आदेश गरेको छ।

विद्युतीय कारोबारमा प्रहरी हिरासतमा रहेका प्रसाईं क्यान्सर रोगको बिरामी रहेको बताउँदै सर्वोच्चले आवश्यक उपचारको प्रवन्ध गर्न आदेश गरेको हो।

न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले बुधबार उक्त आदेश गरेपनि सर्वोच्चले विहीबारमात्र सार्वजनिक गरेको हो। सोही इजलासले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएको थियो। निवेदन खारेज भएसँगै प्रसाईं थुनामै रहने भएका हुन्।

प्रहरीले उनी भारतीय ग्याङस्टार विश्नोईको नाममा विभिन्न व्यापारीसँग रकम असुलेको घटनामा संलग्न रहेरनरहेकोबारे पनि अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>