चितवन विशेष

रत्ननगरमा सडक पार गर्ने क्रममा मोटरसाइकलले हान्दा दुई विद्यार्थी घाइते

Banner

चितवन, मंसिर १३-

रत्ननगर नगरपालिका–४ देवौली कुमलटारमा सडक पार गर्ने क्रममा मोटरसाइकलले हान्दा दुई विद्यार्थी घाइते भएका छन् ।

बुधवार साँझ ६ बजेको समयमा सौराहा चोकबाट चित्रसारीतर्फ जाँदै गरेको बागमती प्रदेश०६–००४ प ३५९१ नम्बरको मोटरसाइकलले युनिक बोर्डिङ स्कुलको बागमती प्रदेश०३–००१ क ०४८७ नम्बरको बसबाट ओर्लिएर सडक पार गर्न लागेका विद्यार्थीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट रत्ननगर–४ देबौली बस्ने विनोद चौधरीको छोरा ७ वर्षीय आस्तिक चौधरी र सोहि ठाउँ बस्ने अमन चौधरीको छोरा ७ वर्षीय साहासन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आस्तिकको बायाँ आखाँ र साहासनको पेट र बायाँ खुट्टामा चोट लागेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुवैको अवस्था मध्यम रहेको छ ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>