चितवन विशेष

काठमाडौं आइपुगे चितवन राइनोजका लिफ्टी इटन र बेनकेन्स्टाइन

Banner

चितवन,मंसिर १२-

नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजका जान निकोल लिफ्टी इटन र ल्यूक मार्टिन बेनकेन्स्टाइन काठमाडौं आइपुगेका छन् । बुधवार नामिबियाका लिफ्टी इटन र इङ्ग्ल्यान्डका बेनकेन्स्टाइन काठमाडौं आइपुगेको चितवन राइनोजले जनाएको छ । राइनोजका अध्यक्ष आयुष न्यौपानेले दुवै खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा स्वागत गरेका थिए ।

इटन र ल्यूकका अलावा टोलीमा विदेशी खेलाडीको रुपमा अफगानिस्तानका हसन इसाखिल र इङ्ग्ल्यान्डका रवि बोपारा छन् । यसअघि अफगानिस्तानका हसन इसाखिल इसाखिल नै नेपाल आइसकेका छन् । चितवनको‌ मार्की खेलाडी कुशल मल्ल हुन् । टोलीको मुख्य प्रशिक्षक भने उमेश पटवाल हुन्।  आगामी शनिबारदेखि एनपीएल सुरु हुँदैछ । मंसिर १७ गते पहिलो खेलमा चितवनले काठमाडौं गुर्खाजसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>