समाचार

जेनरल स्टोर र टपरी उद्योगमा आगलागी हुँदा ४० लाख बढीको क्षति

Banner

जनकपुरधाम, मंसिर १२-

धनुषाको बटेश्वर गाउँपालिका–३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ । मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ ।

टपरी उद्योगमा तयार भएको आठ लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको पीडित महतोले बताए ।

आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।

क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको उनको भनाइ छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>