समाज

काठमाडौंको माछापोखरीमा दुईजना मृत फेला

Banner

काठमाडौं, मंसिर ७-

काठमाडौंको माछापोखरीमामा बिहीबार दुईजना मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक मृत भेटिएका हुन्। यस्तै सोही ठाउँको मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि मृत फेला परेका पुरुषको सनाखत हुन सकेको छैन। यसबारे अनुसन्धान गरिरहेको प्रवक्ता उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>