चितवन विशेष
चितवन राइनोजले पनि सार्वजनिक गर्यो जर्सी र मस्कट
चितवन मंसिर ३ –
नेपाल प्रिमियर लिगको प्रतिस्पर्धी टिम चितवन राइनोजले आधिकारिक जर्सी सार्वजनिक गरेको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले सोमबार साँझ भरतपुरमा आज एक कार्यक्रमका बिच जर्सीसहित मस्कट र टिम एन्थम सार्वजनिक गरेकी हुन् । जर्सी सार्वजनिक गर्दै खेलाडिलाई आफ्नो सशक्क्त खेल प्रतिभा देखाउन शुभकामना दिएकी छिन् । नेपाली क्रिकेटका लागि चितवन राइनोजले प्रमोशनको काम गरेको भन्दै यसको महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
मेयर दाहालले चितवन र भरतपुरले खेलकुदमा उल्लेख्य प्रगति गरेको समेत बताइन् । भरतपुरमा खेलकुदको विकास भएको छ । यहाँ फुटबल र क्रिकेटको लिग सञ्चालन भइरहेका छन् । उनले भनिन् विद्यालय स्तरका खेलाडी अन्तराष्टिय रुपमा खेल्न सकुन भन्ने महानगरको कामना छ । आउने दिनमा चितवन राईनोज टिमको अभिभावकत्व प्रकट गर्ने समेत बताएकी छिन् ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले स्थानीय र क्षेत्रीय तहको क्रिकेटलाई उकास्न एनपीएलले राम्रो वातावरण बनाउने बताए । ‘युवापिँढीको क्षमता बढाउन एनपीएल राम्रो अवसर हो । हाम्रो टिमका खेलाडीसँग साँच्चै नै गैंडाको जस्तो हिम्मत र क्षमता छ । टोलीमा बलिया र जुझारु खेलाडी भएका कारण हामी उपाधि जित्नेमा विश्वस्त छौं,’ न्यौपानेले भने ।
चितवनको माकी खेलाडी कुशल मल्लले आफ्नो टिम जित्नका लागि राम्रो नतिजा निकाल्ने आशा राखेको बताउँदै सपोट गर्न आग्रह समेत गरे । चितवनमा सन् १९९४ मा गठित चितवन राइनो क्रिकेट क्लबबाट प्रभावित भएर चितवन राइनोज गठन गरेको अध्यक्ष आयूस न्यौपानेले बताए । अहिले चितवन राइनोको टिम बलियो र जुझारु समेत रहेको बताए । खेल संस्कृति र बाचाको प्रतिक भएको भन्दै उनले एनपिएलको पहिलो सिजन जितेर देखाउने बताए ।
चितवन राइनोका तत्कालीन कप्तान मनिष सापकोटा र अन्य खेलाडीलाई चितवन राइनोजको जर्सी उपलब्ध गराउनुका साथै राइनो क्लबले त्यो समयमा खेल्ने गरेको पुरानो ब्याट चितवन राइनोजलाई उपहार दिएको थियो ।