चितवन विशेष

नारायणगढका तीन वटा पसलमा लागेको आगो नियन्त्रणमा, क्षतीको विवरण आउन बाँकी

Banner

चितवन, कात्तिक ३०-

भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित कमलनगरका तीन वटा पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार साँझ ७ः४० बजेको सममया लागेको आगो भरतपुर महानगरपालिकाको दुई वटा दमकल, प्रहरी र स्थानियको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको हो ।

आगोलागीबाट भएको क्षतीको विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार कमलनगरका उज्वल श्रेष्ठको ब्लक र जस्ताले छाएको दुई तले भवनमा हिमाल थापाले सञ्चालन गरेको हिमालयन युनिफम कपडा पसल, आमोद प्रसाद गुप्ताले सञ्चालन गरेको कुलकुर्ता कलेक्सन र सुरज जैसवालले सञ्चालन गर्दै आएको न्यू गणपति स्टोरमा अचानक विद्युतको तार सट भई आगोलागी भएको थियो । फाईल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>