समाचार

भैलो खेलिरहेको स्थानमा बस खास्दा एकको मृत्यु २० जना घाइते

Banner

अर्घखाँची, कात्तिक १९-

अर्घाखाँचीमा भैलो खेलिरहेको स्थानमा बस खस्दा एक जनाको मृत्यु र २० जना घाइते भएका छन्। भूमिका स्थान नगरपालिका वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजे ना ३ ख २४७१ नं को बस दुर्घटनामा परेको हो । बस ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस खसेकै स्थानमा स्थानीय एक भैली समूह भैलो खेलिरहेको जनाइएको छ । जहाँ भैलो खेलिरहेकैमध्ये एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डिएसपी० चक्रबहादुर मल्लले जानकारी दिए। २२ वर्षिय तारा श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

२० जना घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएकामा एक जनालाई बुटवल रिफर गरिएको अस्पतालले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर छ । ६ जनाको मध्यम र १२ जनाको सामान्य रहेको अस्पतालका डा.अशोक शाहले बताए । घटनाको अनुसन्धान भइरहेको मल्लले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>