समाचार

अमेरिकी राष्ट्रपति निर्वाचनका लागि ट्रम्प र ह्यारिस अन्तिम दौडधुपमा

Banner

न्युयोर्क, कात्तिक १९-

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार मतदान हुँदैछ । ४७ औं राष्ट्रपति बन्ने दौडमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।

डेमोक्रेटिक दलकी उम्मेदवार ह्यारिस र रिपब्लिकन दलका उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा इतिहासकै कडा हुने विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । राष्ट्रपतिमा विजयी हुन पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा गरी ७ वटा ‘ब्याटलग्राउन्ड स्टेट’ निर्णायक देखिएका छन् । जसका कारण पछिल्लो समय दुवै उम्मेदवारको चुनावी अभियान ती राज्यमा केन्द्रित छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । कूल ५ सय ३८ मध्ये ‘ब्याटलग्राउन्ड स्टेट’ मा ९३ मत छ । एनबीसी न्युजको चुनावी सर्वेक्षणअनुसार ह्यारिसको पक्षमा २ सय २६ इलेक्टोरल मत निश्चित भएको देखिएको छ । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई कम्तीमा अरू ४४ इलेक्टोरल मत आवश्यक देखिएको छ । २ सय १९ इलेक्टोरल मत पाउने निश्चित भएपनि राष्ट्रपति बन्नका लागि ट्रम्फले थप ५१ इलेक्टोरल मत जुटाउने सर्वेक्षणले देखाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>