चितवन विशेष

चितवनको वागीश्वरीमा तीन दिने सामूहिक गौ पुजन सुरु

Banner

चितवन, कात्तिक १५-

चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १ स्थित वागीश्वरीमा तीन दिने संगितमय सामूहिक गौ पूजन सुरु भएको छ । योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा आजदेखि सामूहिक गौ पूजन सुरु भएको हो । लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाको अवसरमा विगतका वर्षको निरन्तरता स्वरूप वागीश्वरीमा गौ पूजन गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए ।

वागेश्वरीमा २०६३ सालदेखि सामूहिक रुपमा गौ पूजन गर्न थालिएको हो । तीन दिनसम्म चल्ने गौ पूजाको उद्घाटन अन्तर्राष्ट्रिय कथा वाचक पण्डित कुवेर सुवेदी गरे । कार्यक्रमको उद्घाटन गर्दै उनले गाईको महत्वको विषयमाथि प्रकाश परेका थिए । उनले एक दिनमात्र गाईको संरक्षण गरेर नहुँने बताउँदै गाईको सधैँ पुजा गर्नुपर्ने बताए ।

सामूहिक गौ पूजन १७ गतेसम्म हुनेछ । वैदिक गाईको वैदिक तवरबाट पूजा गरिने कार्यक्रम संयोजक ढकालले जानकारी दिए । यहाँ सामूहिक गौ पूजासँगै गोवर्द्धनको पर्वत बनाएर पूजा गरिन्छ । प्रत्येक वर्ष गाई र गोवर्द्धन पूजाको दिन गाई र गोबद्र्धनको पूजा गर्नेको भीड लाग्छ । धर्म, संस्कृतिको रक्षाका लागि सम्पूर्ण वैदिक सनातन धर्मावलम्बी पूजा गर्न आउने गर्दछन्। पवित्र तीर्थस्थल देवघाट धाम प्रवेश मार्गमा रहेको वागीश्वरीमा दुई सय भन्दा बढी स्थानीय जातका गाई संरक्षण गरिएको छ । दाताको सहयोगका भरमा गाईको संरक्षण गरिएको ढकालले जानकारी दिए ।

योगी नरहरीनाथले २०४३ सालमा माडीबाट कोटी होम लगाउन सात वटा गाई लिएर आएका र त्यो सङ्ख्या बढेर अहिले दुई सय पुगेका हुन् । गौ पुजनको अवसरमा गाई पालनका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । यहाँ गाई संरक्षणका लागि एक करोडको अक्षयकोष बनाउने लक्ष्य राखिएको छ । २०७२ सालदेखि स्थापना भएको अक्षकोषमा हालसम्म ९० लाख रुपैयाँ संकलन भएको बताइएको छ ।

कार्यक्रममा वागीश्वरीका प्रमुख संरक्षक श्रीसथान योगि, कल्याणनाथ माता, निरञ्जन नाथ, वागीश्वरी आश्रमका प्रमुख शैलेन्द्र कुमार पिया, वागीश्वरी गौ संरक्षण केन्द्रका सल्लाहाकार टंकनाथ पौडेल लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>