चितवन विशेष

चितवनलाई हराउँदै ललितपुरको तेस्रो जित

Banner

काठमाडौं, असोज १८-

ललितपुर क्विन्सले चितवन शक्तिलाई ३–१ को सेटमा हराउँदै तेस्रो जित निकालेको छ । शुक्रबार एभ्रेष्ट वुमन्स भलिबल लिगमा ललितपुरले चितवनलाई २०–२५, २५–२१, २५–१६ र २५–१९ ले हराएको हो ।

पहिलो सेट हारेको ललितपुरले त्यसपछिका लगातार तीन सेटमा जित निकाल्दै खेल जितेको हो । यो जितसँगै ललितपुरले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ ।

आजको खेलमा कर्णालीले काठमाडौं स्पाइकर्सलाई सोझो सेटमा हराएको खण्डमा ललितपुरले फाइनल खेल्ने सम्भावना रहन्छ । हाल कर्णाली भने १० अंक सहित शिर्ष स्थानमा रहेको छ । काठमाडौं स्पाइकर्स ९ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>