चितवन विशेष
डिब्वा ट्रकको ठक्करबाट अनियन्त्रित भएको बस डिभाइडरमा ठोक्कियो
०

चितवन, असोज १७-
भरतपुर महानगरपालिका–२९ सेतीदोभानस्थित नारायणगढ–मुग्लिन सडकमा आज बिहान डिब्बा ट्रकले बसलाई ठक्कर दिएको छ ।
ना ६ ख ४८८७ नम्बरको डिब्बा ट्रकले पछाडिबाट ठक्कर दिँदा नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको प्र१–०२–००१ ख ९९८९ नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठोक्किएको हो । डिभाइडरका कारण ठूलो क्षति हुनबाट जोगिएको छ ।
बसमा सवार भक्तपुर नगरपालिका९ बस्ने वर्ष १९ कि अपिया सुहालको नाकमा चोट लागि सामान्य घाइते भएको प्रहरीले बताएको छ । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























