चितवन विशेष

गोपिमान श्रेष्ठ बने गौ संरक्षण केन्द्रको संरक्षक सदस्य

Banner

चितवन, असोज १६-

भरतपुर २ स्थित आदर्शनगरका गोपीमान श्रेष्ठ वागीश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको संरक्षक सदस्य बन्नुभएको छ । धर्म पत्नी बिना देवी श्रेष्ठज्यूले पितृ विसर्जन औंसी श्राद्धको अवसर पारेर श्रेष्ठ संरक्षक सदस्य बन्नुभएको हो । संरक्षित गाईलाई दीर्घकालसम्म संरक्षण गर्ने उद्देश्यले उहाँले अक्षयकोषमा एक लाख एक सय पाँच रुपैयाँ प्रदान गरी गौ संरक्षण केन्द्रको संरक्षक सदस्य बन्नु भएको हो ।

राष्ट्रगुरु योगी नरहरिनाथले २०४३ साल बाट शुरू गर्नु भएको गौ संरक्षण अभियान अहिलेसम्म चलेको छ । अहिले २५० जति स्थानिय जातका गाई त्यहाँ संरक्षित रहेको कुरा योगी नरहरिनाथ गौ संरक्षण केन्द्र सञ्चालक समितिका अध्यक्ष नवराज ढकालले बताउनुभयो । गाईको रक्षा भयो भने मात्र वैद्धिक सनातन धर्मको रक्षा हुनाले धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देयश्का साथ रैथाने गाईलाई दीर्घकाल सम्म संरक्षण गर्ने उद्देस्यले यहां गौ संरक्षण अभियान सञ्चालनमा रहेको बताउनुभयो । गौ संरक्षण केन्द्रमा यस क्षेत्रका गौ भक्त महानुभावले जन स्तरबाट सहयोग जुट्ने र त्यसको उचित व्यवस्थापन गौ संरक्षण केन्द्र सञ्चालक समितिले गर्ने गरेको छ । अक्षयकोष रकमलाई बढाई कार्तिकसम्म एक करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको र हालसम्म रु ८२ लाख रकम अक्षयकोष खातामा रहेको जानकारी पनि अध्यक्ष ढकालले गराउनुभयो । यहाँ रहेका स्थानिय जातका गाईलाई सेवा गर्न, गौ दर्शन गर्न आउन सबैलाई अनुरोध समेत उहाँले गर्नुभयो ।

यस अवसरमा दाता गोपिमान श्रेष्ठले गौ सेवा जस्तो पवित्र कार्यमा जुटन पाउँदा आफूलाई आनन्द लागेको बताउनुभयो । वैद्धिक गाई संरक्षणमा सबैजना लाग्न हुन अनुरोध गर्दै जीवनमा गर्नै पर्ने सेवामा गौ सेवा रहेकोले आफु नियमित चोकर दाता पनि भएको र वागीश्वरी क्षेत्रमा आउँदा आनन्दको अनुभूति हुने बताउनुभयो । सो अवसरमा श्री वागीश्वरी आध्यात्मिक परिषद्का योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पिया र गौ संरक्षण केन्द्रका सदस्य दयामुर्ती पोखरेलको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>