समाचार

दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश

Banner

काठमाडौं, असोज १५-

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०र ५० हजार धरौटीमा प्रसाईंलाई छाड्न आदेश भएको साइबर ब्‍यूराका एसपी दीपकराज अवस्थीले बताए । यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो ।

गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>