समाचार
भाटभटेनीका अध्यक्ष गुरुङद्वारा बाढी पीडितलाई एक करोड ११ लाख सहयोग
०
काठमाडौ,असोज १४-
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ सहयोगको गरेका छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् उनले सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन्।
उनले पछिल्लो अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गरेको बताए। भाटभटेनीका सीओओ पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए। बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २०९ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि २९ जना बढी बेपत्ता छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>