समाचार

अनेरास्ववियु क्रान्तिकारीमा ‘उमेर हद लागु हुने’

Banner

काठमाण्डौँ, असोज १३-
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वका विषयमा उमेर हद लगाउने कि नलगाउने भन्नेमा सोमबार मतदान हुने भएको छ।

बिहीबार देखि सुरु भएको २३औं सम्मेलनमा विद्यार्थी नेताहरू नेतृत्व प्रतिस्पर्धामा जुटी रहेका बेला आइतबार बसेको माउ पार्टीको बैठकले विद्यार्थी सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने जिम्मेवारी हललाई नै दिने निर्णय गरेको हो। अधिकांश नयाँ विद्यार्थी नेताहरू सम्मेलनमा सहभागी भएकाले सोमबार हलले सङ्गठनमा उमेर हद लगाउने निर्णय गर्ने अनुमान गरिएको छ।

सम्मेलनले उमेर हदको पक्षमा निर्णय लिगे २८, ३० र ३२ मध्य कति लगाउने भन्ने निर्णय पनि सम्मेलनको हलले नै निर्णय गर्ने अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षका आकाङ्क्षी जिपी मैनालीले जानकारी दिए। विद्यार्थी सङ्गठनमा उमेर हद लगाउनु पर्दछ भन्ने आवाज बलियो रहेको जानकारी दिँदै मैनालीले भने,‘हलको निर्णयलाई सम्मान गर्दै सङ्गठन अघि बढ्नेछ।’

सम्मेलनले अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लगाउने निर्णय गरेकामा अध्यक्षका आकाङ्क्षी मैनालीसहित अधिकांश नेताहरू विद्यार्थी राजनीतिबाट बिदा हुने छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>