घटना -दुर्घटना

गोरखामा खोलाले बगाएर एक जनाको मृत्यु

Banner

गोरखा, असोज १३-

गोरखामा खोलाले बगाएर एक वृद्धको शव भेटिएको छ । सहिद लखन–६ अधोरीकी ७० वर्षीय बालकुमारी श्रेष्ठको आइतबार बिहान खोला किनारमा शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले हिजो (शनिबार) बुंकोटको दिदीको घरबाट आफ्नो घर जाने क्रममा घटना भएको जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको उनले बताए । फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>