घटना -दुर्घटना

रोशीमा बाढी बढेपछि मन्दिरमा रहेका गुरूकुलका शिक्षक-विद्यार्थीसहित ३३ जना फसे

Banner

काठमाडौं, असोज १२-

सिन्धुलीको मन्दिर परिसरमा २८ विद्यार्थी र शिक्षक गरी ३ जना फसेका छन् ।
सिन्धुलीको दुम्जास्थित आदिलिङ्गेश्वर कुशेश्वर महादेव मन्दिरको दायाँ-बायाँ रोशी खोला छिरेपछि मन्दिरमा रहेका विद्यार्थी र शिक्षक गरी फसेका हुन् ।

मन्दिर परिसरलाई तीनतिरबाट रोशी खोलाले कटान गरिरहेको छ भने बाँकी एकातिर सुनकोसीले कटान गरेको छ। ‘मन्दिर थोरै उचाइमा रहेकाले अहिलेसम्म बचेको छ’ शिक्षक नारायण घिमिरेले भने, ‘कतिबेला कटानमा पर्छ भनेर आतंकित भएर बसेका छौं ।’

बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले फसेका गुरूकुलका विद्यार्थी र गुरु गरी ३३ जनाको उद्धारबारे जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुरा भइरहेको जानकारी दिएका छन् ।
‘उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा भए पनि खराब मौसमको कारण हेलिकप्टर उड्न सकेको छैन’ उनले भने, ‘सशस्त्र प्रहरी बल खुर्कोट वेस क्याम्पमा रहेका तालिम प्राप्त उद्धारकर्ताहरू उद्धारका लागि परिचालन गरिसकेको जानकारी सम्बन्धित अधिकारीहरूले दिएका छन् ।’ स्रोत: अनलाइनखबर डटकम

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>