समाचार

काठमाडौंका नदी किनाराका घरमा पस्यो बाढी

Banner

काठमाण्डौँ,असोज ११-

काठमाडौंका नदी किनारा आसपासका घरमा बाढी पसेको छ। शुक्रबार दिनभरि परेको पानीले बागमती नदीछेउका बस्तीहरूमा भेल पसेको हो। बागमती नदी किनाराका बल्खुलगायत क्षेत्रका घरमा बाढी पसेको छ। यहाँको तरकारी बजार पनि डुबानमा परेको छ।

देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौं उपत्यकामा पनि भारी वर्षा भइरहेको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर उपत्यकाभित्रका नदीहरूमा जलसतहले खतराको तह पार गरेको बताएको छ। प्रशासकीय अधिकृत सन्देश अधिकारीले शुक्रबार अपराह्न निकालेको सूचनामा नदीहरूको बहाब अझै बढ्ने सम्भावना रहेको उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>