विज्ञान/प्रविधि

पारस बने दीपल इभीको ब्रान्ड एम्बासडर

Banner

काठमाडौँ, असोज ९-

चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दीपल इभीको आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

नेपाल क्रिकेट एसोसिएसन (क्यान)का सचिव समेत रहेका खड्कालाई एक कार्यक्रमबीच दीपल इभीको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो।

पारसलाई दिपल एस०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए।

केही महिनाअघि सार्वजनिक भएको दीपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>