समाचार
आज मुस्लिम धर्मावलम्बीको लागि सार्वजनिक बिदा
०

चितवन, भदौ ३१-
सरकारले आज (सोमवार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
यसअघि मधेश सरकारले पनि सोमबारका लागि सार्वजनिक बिदा दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























