राजनीति

साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Banner

काठमाण्डौ, भदौ ३०-

प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने बताउनुभएको छ। पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले सानो कारोबारलाई निःशुल्क गर्न पहल गर्ने बताउनुभएको हो ।

यस विषयमा सेवाग्राहीबाट फेसबुकमार्फत आफूलाई जानकारी आएको सामाजिक सञ्जालमा उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले समस्याहरू सरकारलाई यसरी नै जानकारी गराउन र झकझकाउन आग्रह गर्नुभएको छ ।

इन्टरनेटको सहजसँगै सानो सानो कारोबार नगदरहित हुन थालेको तर मोबाइल बैंकिङ ट्रान्सफर गर्दा अतिरिक्त शुल्क लाग्ने गरेको गुनासोपछि प्रधानमन्त्री ओलीले सरकारले डिजिटल कारोबारमा सहजतातर्फ काम गर्दै जाने बताउनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>