राजनीति

परराष्ट्रमन्त्री देउवा क्यानडा जाँदै

Banner

काठमाडौं,भदौ ३०-

परराष्ट्रमन्त्री आरजु राणा देउवा क्यानडा जाने भएकी छन्। महिला परराष्ट्रमन्त्रीहरूको सम्मलेनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा क्यानडा जाने भएकी हुन्।

उनी मंगलबार क्यानडा जाने कार्यक्रम रहेको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। क्यानडाको टोरेन्टोमा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरू (वीमेन फरेन मिस्टर्स) को बैठक हुँदैछ।

बैठकमा परराष्ट्रमन्त्री राणाले असोज ३ गते संबोधन गर्ने कार्यक्रम रहेको छ। उक्त सम्मेलनमा विश्वभरका २० जना महिला पराष्ट्रमन्त्रीहरूको सहभागिता हुँदैछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>