इच्छकामना

चितवनको उपरदाङगढीमा लालिगुँरास बृक्षारोपण

Banner

भरतपुर,भदौ ३०-

चितवनको पुरानो सदरमुकाम उपरदाङगढी क्षेत्रमा लालिगुँरासका बिरुवा रोपिएको छ । शनिवार उपरदाङगढी क्षेत्र ओरपर एक सय ५० बिरुवा लालिगुँरास रोपिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार पर्यटकिय क्षेत्रको रुपमा बिकास हुँदै गइरहेको उपरदाङगढीमा थप सौन्दर्य बनाउन लालिगुँरास रोपिएको हो । स्याङजा बाट नयाँ प्रजातिको बिरुवा ल्याएर रोपिएको उहाँले बताउनुभयो ।

‘उपरदाङगढीमा गाउँपालिकाले हेरालु राखेको छ,उहाँले भन्नुभयो,उनिहरुले नै बोटबिरुवाको संरक्षण गर्ने र पानी हाल्ने काम गर्नेछन ।’ इच्छाकामनाका डाँडा पाखामा लालिगुँरास हुने गरेको छ । उपरदाङगढी चितवनको प्रमुख पर्यटकिय गन्तव्य मध्येको एक हो । यहाँ गाउँपालिकाले १ करोड ३४ लाखको लागतमा गढी दरबार समेत पुनः निर्माणको काम गर्दैछ । गढीमा दैनिक सय बढि पर्यटक घुम्नका लागि आउने गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

बृक्षारोपण कार्यक्रममा नेकपा एमालेका पोलिटव्युरो सदस्य देबी ज्ञवाली, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल,जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो । नेपालमा अहिलेसम्म गुराँसको ३४ प्रजाति पाइन्छन । यो समुद्री सतहबाट १२ सयदेखि ३५ सय मिटर भौगोलिक उचाइसम्म पाइन्छ । नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालय गुराँस संरक्षण कार्ययोजना (२०७५–२०८०) अनुसार गुराँस ४३ जिल्लामा पाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>